काठमाडौँ, ८ असोज । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौँ फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौँमै फर्किएको हो । विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौँमा अवतरण गरेको थियो…