पोखरा, ५ भदौ । पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालनमा आउने भएको छ । मनसुनका कारण करिब तीन महिना रोकिएको थियो । हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । करिब ६ हजार फिट माथिसम्म बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू देख्न सकिन्छ । पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगा…