नवलपरासी, ३ भदौ । नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मंगलसिंह पुलामीको डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज शव फेला परेको हो । घटनास्थलबाट शव निकालेपछि…