नहरमा शव भेटियो

महेन्द्रनगर, ७ साउन । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । यसैबीच, भीमदत्त नगरपालिका–१३…