काठमाण्डौ,५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय…