किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

काठमाडौँ, ४ असार । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् । काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतवार झन्डै ३९ हजार किलो गोलभेडा फालिएको थियो । फ्याँकिएको गोलभेडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो…