काठमाडौँ, २९ जेठ । सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्यस्त छन् । पोथी स्वर्गचरीको जिउ खैरो हुन्छ । आँखा र टाउकोको रङ दुवैको उस्तै हल्का कालो हुन्छ । हेर्दै मन हर्ने सुन्दर रूप भएकाले पनि स्वर्गचरी हेर्न चरा…