नवलपरासी, १ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरीका अनुसार जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको हो । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा…