विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ, २८ असोज । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यविधिको मस्यौदामाथि सुझावका लागि खुला गरिएको जानकारी दिँदै कात्तिक मसान्तभित्र…