कांग्रेस महासमितिमा दलमाथि सामाजिक चुनौतीको मुद्दा

काठमाडौँ, १९ असोज । कांग्रेसले आसन्न महासमिति बैठकमा मूलधारका परम्परागत राजनीतिक दलप्रति बढिरहेको सामाजिक चुनौतीलाई केन्द्रमा राखेर छलफल गर्ने भएको छ । राजनीतिक बेथिति र कुशासनले सत्ताप्रति जनआक्रोश बढिरहेको भन्दै नेताहरूले राजनीतिक स्थिरता दिन संविधान संशोधनदेखि भ्रष्टाचार, चुनावी गठबन्धन, सरकार समीकरण र पार्टी संगठनलगायत विषयलाई मुद्दा बनाउन खोजिरहेका छन् । कतिपय नेताहरूले बीपीकालीन विचारलाई महासमितिले पुनर्व्याख्या गर्नुपर्ने…