नवलपरासी पूर्व, १३ असोज । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एसमा नरहने भन्दै संयुक्त रूपमा राजीनामा दिएका हुन् । पार्टी केन्द्रीय…