काठमाडौँ, ११ असोज । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ । समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनामा विद्युत् प्रयोगमार्फत पानी खण्डीकरण गर्ने प्रविधि इलेक्ट्रोलाइसिस प्रयोग…