काठमाडौँ, २७ भदौ । राजनीति गर्ने कमै व्यक्तिलाई मात्र यस्तो अवसर प्राप्त हुन्छ, जसको नाम मुलुककै इतिहासमा पहिलो पटक लेखियोस् । सुवासचन्द्र नेम्वाङ तिनै विरल नेतामध्येमा पर्थे । जसको नाम पहिलो पटक जनताबाट निर्वाचित प्रतिनिधिको संविधानसभाबाट संविधान जारी गर्ने नेतृत्वकर्ताका रूपमा अंकित हुन पुग्यो । उनको त्यही मर्यादाको उच्च सम्मान गर्दै संविधान जारी भएपछि पनि राज्यले बनाएको मुलुकका विशिष्ट…