प्रधानमन्त्रीको भ्रमण टोलीबाट मुख्यसचिव र सुरक्षा सल्लाहकार हटे

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको सूचीबाट मुख्यसचिव डा. बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास वैरागीको नाम हटाइएको छ । प्रतिनिधिमण्डलाई चुस्त बनाउन अर्याल र वैरागीकै अनुरोधमा उनीहरुको नाम हटाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । स्रोतका अनुसार अब नेपालबाट अमेरिकाको न्युयोर्कमा…