काठमाडौँ, २५ भदौ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् । नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन् । केन्द्रीय कारागारका एक जना अधिकृतका अनुसार…