जेन–जी आन्दोलनमा भएको घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त, छानबिन समिति गठन हुने

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको आजको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यसलाई ‘अत्यन्तै मर्माहत बनाउने घटना’ भनेका छन् । प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको…