गोरखा, २३ भदौ । पालुङटार नगरपालिका उपाध्यक्ष तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सोमबार पार्टीमा स्वागत गरे ।