कोसीमा कुनै लेनदेन भएको छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, १२ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्वको विषयलार्ई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । यूएई र साउदी अरबको भ्रमणबाट स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति नभएको बताए । कोसीमा सभामुख र मन्त्री प्राथमिकताको विषय…