काठमाडौँ, १२ भदौ । प्रतिनिधिसभाको बैठक बस्दै आज छ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला…