फिक्कल, २ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् । इलामको फिक्कलमा शुक्रबार आयोजित विचार गोष्ठीमा उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने बताए । विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ । ‘सभापतिको परम्परागत तरिका सहेर…