काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित छलफल गरेका छन् । आज बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गरेका थिए । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको…