सीआईबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने

काठमाडौँ, २५ साउन । ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिष्दको निणर्यबाट सो सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुन पुगेको थियो । सोही विषयमा सीआईबीले दुवैजनासँग बयान लिन लागेको हो । आन्तरिक छलफलपछि नेपाल र भट्टराईमाथि…