विराटनगर, २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज माग पा गर्ने प्रतिबद्धता जनाएका छन् । विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रदेशको नामकरण प्रदेशवासीकै लागि हो । प्रदेशको नाममा प्रदेशवासीको अपनत्व र स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत हुन सक्दैन । नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि…