प्रधानमन्त्री प्रचण्ड र रास्वपाका प्रमुख सचेतक सन्तोष बीच छलफल

काठमाण्डौ, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ।आज विहान बालुवाटारमा भएको छलफलमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमै कुराकानी केन्द्रित रहेको परियारले जानकारी दिए।संसद सञ्चालनमा यहाँहरूले राम्रै भूमिका खेलिरहनुभएको छ। यसलाई अझ प्रभावकारी बनाउन यहाँहरूको भूमिका अपेक्षित छ भनेर प्रधानमन्त्रीज्यूले भन्नभएको परियारले जानकारी गराए…