काठमाडौँ, १४ साउन । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसदीय समितिको सभापति चयनमा जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा उनले जतिसक्दो चाँडो सभापतिको टुंगो लगाउनुपर्ने बताए । “समिति बनाएको तीन महिना भयो, अहिलेसम्म सभापति चयन भएन । एक महिनामा हुनुपर्ने हो,” उनले भने । सभापति चयनका लागि राजनीतिक दलमा…