संघमा दुईवटा सदन काम छैन, राष्ट्रियसभा खारेज गरौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् । आज कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा उनले वडा तहदेखि प्रतिनिधिसभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने बताएका हुन्…