अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता

काठमाडौँ, १० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निकायको रूपमा रहेको भए पनि सो निकाय डेढ महिनादेखि नेतृत्वविहीन राखिदा सुन तस्करी गर्ने गिरोहले सहज वातावरण पाएको देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल लामो समयदेखि विदामा बसेको अवस्थामा नै सय किलो सुन तस्करी भएको थियो । यसमा भन्सार विभाग र अर्थ…