नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

काठमाडौँ, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको हुनुपर्ने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज कस्तो हुने भन्नेकुरामा अध्ययन आवश्यक रहेको बताए । किरातीले नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ…