प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य छ : महासचिव पोखरेल

काठमाडौँ, २० असार । एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्कै अपमानित गरेको बताएका छन् । यसप्रति सांसदहरूको गम्भीर ध्यान जानुपर्ने महासचिव पोखरेलले…