पोखरा, २२ असार । लेखनाथ नगरपालिका पुनस्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो । संघ स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् । पोखरा…