भक्तपुर, १८ असार । सूर्यविनायक नगरपालिकालाई सुन्दर, हराभरा र प्रदुषणमुक्त बनाउन एक घर दुई विरुवा र तारमुक्त सडक बनाउनुपर्नेमा नरपालिका, सरोकारवाला संस्था तथा स्थानीयवासीले जोड दिएका छन् । नेप्सेम्याक सेवा प्रालिको संयोजन तथा नगरपालिकाको वातावरण तथा विपद् समितिको सहयोगमा आज नगरपालिकामा आयोजित फोहोर मैलाको दिगो व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिका र नेप्सेम्याकको सहकार्यतामा सरसफाई तथा फोहोरमैला…