कविता महोत्सवमा पुरस्कृत १० कवि सर्वोत्कृष्ट घोषित

काठमाडौँ, १० असार । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्वसका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ । प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो ?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’…