प्रधानमन्त्री प्रचण्डद्वारा सीमा समस्या समाधानका लागि नयाँ विकल्प

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् । शुक्रबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्पबारे सोच्ने काम भइरहेको…