काठमाडौँ, १ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तानको उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन तथा नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् । मन्त्रालयले सरोकारवाला क्षेत्रका विज्ञहरूसँग छलफल गरी यो मापदण्ड तयार पारेको हो । मापदण्डमा…