निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउँदै: नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौँ, २९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ…