काठमाडौँ, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिरहेको बताएका छन् । आज पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेको बताएका हुन् । उनले भने, ‘हाम्रो इतिहास मेटाउन, हामीले गरेको कर्मले नेपाली इतिहासमा…