बजेट पुनर्लेखन गर्न एमालेको माग : सरकार विचौलियाको दलदलमा फसेको आरोप

हेटौडा, १४ असार । बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनीहरुले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको औचित्य नभएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारलाई दिएको सुझावलाई समावेश गरी समग्र प्रदेशको अवस्था मध्यनजर…