डुबानको समस्या अन्त्यका लागि भारतलाई आग्रह गरेका छौं : परराष्ट्रमन्त्री

काठमाडौँ, १३ असार । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका कारण हुने डुबानको समस्या अन्त्यका लागि भारतलाई आग्रह गरेका बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई…