काठमाडौँ, २९ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न चर्चा हुन थालेको भन्दै यस विषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताए । दुई दिनअघि सदनमा सत्ताघटक एक दलका प्रमुख सचेतकले…