स्थानीय तहमा सोचेको परिणाम आएन : अध्यक्ष दाहाल

काठमाडौँ, ९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम आफ्नो पार्टीको पक्षमा नआएको बताएका छन् । आज ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले १७०–१७५ सिट ल्याउने आफूहरूले अनुमान गरे पनि १२२ सिटमा खुम्चिनुपरेको बताए । उनले भने, “हामीले सोचेको जति परिणाम पार्टीको पक्षमा आएन । कम्तीमा पनि…