दूतावासको सूची एउटा तर उडे अर्कै

काठमाडौँ, २४ जेठ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा पठाउने सूचीमा राखेको थियो । जहाजको शुल्क नलाग्ने पनि दूतावासले बताएको थियो । त्यसको एकाध घण्टापछि उनलाई एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो ।…