भक्तपुर, ९ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउने गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ । नगरप्रमुख बाशुदेव थापाको अध्यक्षतामा भएको नगरपालिकाको ११औं नगरसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भौतिक तथा अन्य सुविधाहरुलाई तिव्र विकास गरी सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो । वर्तमान निर्वाचित जनप्रतिनिधिहरुले उपमहानगरपालिका…