काठमाडौँ, २२ जेठ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय विस्तार र व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाइने भएको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले उक्त निर्णय गरेको बताइएको छ । यस्तै, आजको बैठकले विद्यार्थी संगठनलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरेको…