राप्रपाले निगमसँग माग्यो मूल्यवृद्धिको कारण

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ । आज नेपाल आयल निगमलाई पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ । राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन भनेको छ…