प्रतियोगितामा सहभागी हुने खेलाडीको बिमा

पोखरा, ३ असार । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बिमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट कार्यक्रममा खेलाडीको बिमा गर्ने व्यवस्था गरिएको बताए । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बिमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा…