काठमाडौँ, २० असार । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा साढे चार वर्षपछि संवैधानिक इजलासले छिनोफानो गर्ने क्रममा न्यायाधीशहरूबीच राय आपसमा बाझिएको मात्र होइन, अस्पष्ट र जटिलसमेत देखिएको छ । पाँच सदस्यीय इजलासले गरेको निर्णयका विषयमा न्यायिक वृत्तबाटै आलोचना भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत १२ संवैधानिक निकायमा भएका ५२ नियुक्तिविरुद्ध परेका १५…