काठमाडौँ, १७ असार । रास्वपाका सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी हुन् । आज सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले कुनैपनि विधेयक समिति, उपसमिति हुँदै संसदको फुल हाउसमा जाने प्रक्रिया रहेकाले गल्ती कमजोरी कहाँबाट भएको हो त्यो पहिला खोज्नुपर्ने बताइन् । उनले भनिन्, ‘बाहेक…