काठमाडौँ, १५ असार । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गते बस्ने गरी स्थगित भएको छ । शुक्रवार र शनिबार बसेको सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बसेर समापन गर्ने तयारी थियो । सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम शनिबारै सकिएको छ ।…