काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसले आउँदो ३० गते हुने पालिका चुनावको प्रचारप्रसारका देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दैछ । आजदेखि आउँदो २७ गतेसम्म सातै प्रदेशमा चुनावी सभा हुनेछ । सभाको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । आज मोरङको विराटनगरमा हुने सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले…