काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज असर १५ को शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्नेमा जोड दिनुभयो । उक्त कार्यको लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो…